काठमाडौँ– बलिउड सेलिब्रिटी मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् । उनी नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गरेको फेसन रनवेको माहोल तताउन काठमाडौँ आइपुगेकी हुन् ।


ADVERTISEMENT


नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् । उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् ।


ADVERTISEMENT

# # #


दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’ को शो स्टपरको रुपमा आएकी मलाइकाले आज रनवे तताउने विश्वास लिइएको छ ।

बलिउडकी फेसन कन्सस सेलिब्रिटी समेत रहेकी अरोरा सलमान खान स्टारर बलिउड फिल्म दबङको गीत ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’का कारण नेपालमा समेत चर्चित थिइन् । यतिबेला भने उनी अभिनेता अर्जुन कपुरसंगको प्रेमका कारण चर्चामा छिन् ।