काठमाडौँ – नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुखलाई परिवर्तन गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखसहित १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार प्रदेश १ का प्रहरी प्रमुखका रुपमा श्यामलाल ज्ञवालीलाई खटाइएको छ । उनी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका थिए । यस्तै मधेश प्रदेश प्रहरी प्रमुखमा बसन्त बहादुर कुँबरलाई खटाइएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रहरी प्रधान कार्यालयका दीपक थापालाई बागमती प्रदेशको प्रहरी प्रमुखका रुपमा खटाइएको छ भने राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगञ्जका बुद्धिराज गुरुङलाई गण्डकीको प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत टेकप्रसाद राईलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको प्रहरी प्रमुखको रुपमा खटाइएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ ।

हेर्नुहोस् कसलाई कहाँ सरुवा गरियो ?

ad