पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रदेशसभामा भएको विश्वासको मत परीक्षणमा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ मत परेको हो । कूल ६० सदस्य रहेको गण्डकीको प्रदेशसभामा अधिकारीको विपक्षमा २७ मत परेको छ ।


ADVERTISEMENT

# # #


उनी यसअघि नेकपा एमाले, माओवादी केन्द्रसहितका सत्ता गठबन्धनका ३२ र एक स्वतन्त्रसहित ३३ प्रदेशसभा सदस्यको समर्थन जुटाएर पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त भएका मुख्यमन्त्री अधिकारीले उपधारा ४ अनुुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।