काठमाडौं-जाडो याममा सवारी बिग्रने समस्याले कतिपयलाई सताइरहेको हुन्छ । जाडो मौसममा अरु समय भन्दा सवारीसाधनको रेखदेखमा बढी ध्यान दिनुपर्ने अटो व्यवसायीहरुले बताएका छन् । जाडो मौसममा मानिसले जसरी न्यानो खोज्छन्, सवारी साधनलाई पनि त्यसैगरी राख्नुपर्ने हुन्छ । यो मौसममा आफ्नो जीप, कार वा मोटरसाइकल जे छ त्यसलाई पनि न्यानो गरेर राख्नु पर्दछ ।


ADVERTISEMENT


चिसोको बेला इन्जिनको लागि चाहिने मोविल जाम हुने समस्या धेरै हुने गरेको छ त्यसैले सबै भन्दा पहिलो कुरा मोविल परिवर्तन गर्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । जाडो मौसममा सवारी स्टार्ट नहुने समस्या धेरै हुने गरेको छ, त्यस्तो अवस्थामा पहिला चोक तानेर स्र्टाट गरे राम्रो हुने र स्टार्ट भएको तीन देखि पाँच मिनेट सम्म न्यूटलमा राखेर इन्जिन तात्न दिनु पर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


त्यस्तै आफ्नो सवारीलाइ छोपेर राख्दा धेरै समस्याबाट जोगिन सकिने अटो ब्यवसायी नविन पारखले बताए । यस्ले गर्दा सवारीमा सित पर्नबाट जोगिनुको साथै इन्जिनको सुरक्षा हुने उनको तर्क छ ।

सामान्य अवस्थामा भन्दा चिसोको समयमा आफ्नो सवारी साधनलाइ बढिमा १ हजार ३ सय किलो मिटर गुड्ने वित्तिकै सर्भ्सििङ गर्नु पर्ने उनले बताए । त्यसैगरी चिसोको समयमा ब्याट्री डाउन हुने समस्या बढी हुने हुदा अन्य समय भन्दा जाडोमा ब्याट्रीका अवस्थामा ध्यान दिनुपर्छ ।

यसका साथै मोटरसाइकलको स्र्पाक प्लगका बारेमा ध्यान दिनुपर्ने हुन्छ । सवारीलाई हेरचाह गर्नाले धेरै समयसम्म प्रयोग गर्न सकिने र यसको अलावा दुर्घटनाबाट समेत जोगिन सकिन्छ ।