काठमाडौं-दाङ देउखुरीको राप्ती नदी किनारमा फेला परेको शवको पहिचान भएको छ । मृतक गढुवा गाउँपालिका वडा नं. ३ जेठान गाउँ निवासी ४० वर्षीया निर्मला थारु कुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले अत्यधिक मदिरा सेवन गरि चौधरीले राप्ती नदी तर्न खोज्दा डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताइन् ।


ADVERTISEMENT

# # #


‘स्थानीय गाउँलेहरूका अनुसार निर्मला अत्यधिक मदिरा सेवन गर्ने महिला भएको भन्ने रिर्पोट प्राप्त भएको छ,’ एसपी सिंहले भनिन् । मातेको समयमा राप्ती नदी तर्न खोज्दा डुबेर चौधरीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन् ।

‘शवमा घाउ खत केही पनि देखिएन र बुझ्दै जाँदा निर्मला मदिराको अम्मली भएको भन्ने खुल्न आएको छ’ एसपी सिंहले भनिन् । उनी बेपत्ता भएको ४ दिनपछि मृत अवस्थामा फेला परेकी हुन् ।

निर्मलाका श्रीमान् र छोरा भने छिमेकी जिल्ला कपिलवस्तुको एउटा इट्टा उद्योगमा मजदूरी गर्छन् । उनीहरूलाई शव बुझ्नका लागि बोलाइएको प्रहरीले बताएको छ ।