काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुँदै आएको स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा हुने भएको छ ।


ADVERTISEMENT


मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको १९ औं संस्करणको मिति सार्वजनिक गरेको हो । अवार्डमा २०७८ सालभर नेपाली खेलकुदमा गरेको प्रर्दशनका आधारमा खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विगतमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ८ प्रमुख विधा समावेश छन् । यस वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिने महासचिव ओलीले बताए ।

त्यस्तै यस वर्षपनि स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । कार्यक्रममा मुख्य प्रायोजनको सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।