काठमाडौँ – सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको लागि एशिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ ।


ADVERTISEMENT


फेब्रुअरी अन्तिम सातादेखि युएईमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल २४ फेब्रुअरी (फागुन १२)मा सिंगापुरको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपालसहित आयोजक युएई, मलेसिया, हङकङ, सिंगापुर र कुवेत रहेका छन् । सबै खेल युएईको अजमानमा हुनेछन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक खेल तालिका अनुसार नेपालले दोस्रो खेल २५ फेब्रुअरी (फागुन १३ गते) कुवेतसँग, तेस्रो खेल २७ फेब्रुअरी (फागुन १५ गते) हङकङसँग खेल्ने भएको छ । यस्तै चौथो खेल २८ फेब्रुअरी (फागनु १६ गते) र अन्तिम खेल मार्च २ (फागनु १८ गते) खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतियोगिताको विजेता अर्को वर्ष श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छानिनेछ । नेपालले सन् २०१६ यता यू–१९ विश्वकप खेल्न सकेको छैन । नेपालले सन् २०१९ मा भएको छनोटको अन्तिम खेलमा पानी परेपछि स्थगित खेलमा युएईसँग १ रनले हारेपनि २०२० र २०२२ को विश्वकप गुमाएको थियो ।

नेपालले यसपटक विश्वकपमा पुग्ने लक्ष्य राखेको छ । जसका लागि क्यानले १४ सदस्यीय टोली छनोट गरिसकेको छ । जस अनुसार आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दिपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा नेपाली यू–१९ टोलीमा अटाएका छन् ।