मुगु – मुगुलगायतका हिमाली जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ ।


ADVERTISEMENT


वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुको जनजिवन प्रभावित बनेको छ । हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन् ।


ADVERTISEMENT

# # #


यो वर्ष ढिलै भएपनि हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरुको विश्वास छ । आसपासका बस्तीबाट सरकारी कामकाजका लागि मुगु आउने सर्वसाधारणलाई चिसोले कामकाजमा कष्ट भएको छ ।