काठमाडौँ – पहिलो संस्करणको नेपाल टी–२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी मेहबुब आलमले कम्तिमा दुई खेलाडीलाई आर्थिक प्रलोभन देखाएर फिक्सिङ गरेको खुलेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै मेहबुबले नेपाली खेलाडी मोहम्मद आदिल आलमसहित ५ जना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरे पनि ३ जनाले अस्वीकार गरेको र आदिलसहित अर्को एक व्यक्तिले प्रस्ताव स्वीकार गरेको खुलेको जनाएको हो ।


ADVERTISEMENT

# # #


जसअनुसार मेबबुबले आदिललाई एउटा एउटा नोबल र एउटा वाइड फाल्नका लागि प्रस्ताव गरेका थिए । आदिलले कम्तिमा दुईवटा खेलमा मेहबुबको प्रस्ताव अनुसार नै खेलेको सीआईबीको निष्कर्ष छ । मेहबुबकै प्रस्ताव अनुसार फिक्सिङ गर्न थप एक नेपाली खेलाडी पनि जोडिएको पाइएको छ ।

उनलाई विस्तृत अध्ययन गरी पक्राउ गर्ने सीइआईबीको तयारी छ ।  सीआईबीले खेल मिलमतो (स्पट फिक्सिङ)को गरेको आरोपमा मेहबुब र आदिललाई सोमबार पक्राउ गरिसकेको छ ।

गत महिना प्रतियोगिता चलिरहँदा स्पट फिक्सिङ भइरहेको भन्दै कमेन्टेटर सचिन तिमिल्सिनाले प्रतियोगिता छोडेका थिए । यस्तै काठमाडौँ नाइट्डसका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए । लगत्तै गृहमन्त्री रवि लामिछानेले उक्त प्रकरणमा छानबिन गर्न सीइआईबीलाई निर्देशन दिएका थिए ।

साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोली समेत अनुसन्धानका लागि नेपाल आएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले समेत यसबारे अनुसन्धान गर्न समिति गठन गरेको थियो ।