काठमाडौँ – नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनिकान्त झालाई सम्मान गरिएको छ ।


ADVERTISEMENT


भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको दुई पोखरीमा आयोजित अवार्ड समारोहमा झालाई सम्मान गरिएको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मनपत्र दिँदै बधाई समेत दिए । सम्मानित भएपछि बोल्दै झाले सम्मानले आफूमा थप महेनत गर्न उर्जा थपेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘राष्ट्रिय सौन्दर्य प्रतियोगिता र फेसन कोरियोग्राफर सम्मानले मेरो पोर्टफोलियोलाई सजाएको छ र आगामी दिनमा थप मेहनत गर्ने उर्जा दिएको छ ।’ उनले कला र कलाकारको उत्थानमा देखाएको मायाका लागि आयोजक एपिक नेपाल, सहआयोजक सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

झाले यस्ता सामाजिक र जनस्तरको सम्मानले कलाकार र युवा पुस्तालाई नेपालमा फेसन र प्यान्ट्री क्षेत्रलाई उत्प्रेरित गर्न र उत्थान गर्न प्रोत्साहित गर्ने बताए । उनले आफ्नो ग्रूमिङ क्लास मोडलमा मात्र सीमित नभई फेशन डिजाइनिङ र स्टाइलिङ उद्योगमा आफ्नो भविष्य खोज्ने व्यक्तिहरूका लागि पनि उत्तिकै फाइदाजनक रहेको बताए ।

चौथो एपिक नेपाल म्युजिक अवार्डले तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उत्कृष्ट योगदान पुर्‍याएका नायक राजेश हमाललाई पनि महानायक सम्मान प्रदान गरेको छ । यस्तै रङ्ग पत्रकार प्रकाश सुवेदीलाई वरिष्ठ चलचित्र पत्रकार सम्मान, गोपीकृष्ण चापागाईलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ । उक्त अवसरमा गायिका तीर्थकुमारी थापा लाई वरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई वरिष्ठ कलाकार सम्मान, समाजसेवि कृष्ण बहादुर होनालाई समाजसेवी सम्मान, नेवा सम्मान हास्यकलाकार सविन शाक्यलाइ प्रदान गरिएको थियो ।

कार्यक्रमका मानवसेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, वरिष्ठ अभिनेत्री गौरी मल्ल र बसुन्धरा भुसाल पनि उपस्थित थिए ।

चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा सांगीतिक क्षेत्रका आ–आफ्ना विधाका विजेताहरुलाई पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो।