काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।


ADVERTISEMENT


राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्सीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सह–अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।


ADVERTISEMENT

# # #


राखेपले गठन गरेको तदर्थ समितिलाई बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्न निर्देश गरिएको छ । कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेपालको इतिहासलाई कायम राख्न नयाँ समितिले काम गर्नुपर्ने बताए ।

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको हो ।