काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।


ADVERTISEMENT


क्यानको छनोट समितिले घरेलू मैदानमा फेब्रुअरी दोस्रो सातादेखि हुने सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाएको हो । टोलीमा अनुभवी र युवा खेलाडीहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई खेलाउनेबारे छलफल गरिरहेको क्यानले अन्ततः बन्द प्रशिक्षणमा समेटेको छैन ।

यससँगै सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट तत्काल खेल्न नपाउने भएका हुन् । सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउन क्यानले प्रयास गरेपछि उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले राष्ट्रिय टोलीबाट खेलाउन नहुने भन्दै विरोध भएको थियो ।

तत्कालीन मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि करिब डेढ महिनादेखि नेपाली टोली मुख्य प्रशिक्षकविहीन बनेको छ । यद्दपि नयाँ मुख्य प्रशिक्षकको नियुक्तिका लागि क्यानले प्रक्रिया अघि बढाइसकेको छ ।

को-को परे बन्द प्रशिक्षणमा ?

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी र सिद्धान्त लोहनी बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

यस्तै अर्जुन साउँद, अविनास बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कसशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा बोलाइएका २८ जनामा परेका छन् ।

नेपालले नामिबिया र स्कटल्याण्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १४ फेब्रुअरीदेखि एकदिवसीय सिरिज खेल्दैछ ।

यस्तो छ लिग–२ को अवस्था

७ राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपालले हालसम्म २४ खेलमा ८ जित र १४ हार तथा १ अनिर्णित खेल्दा १८ अंक ल्याउँदै छैटौँ स्थानमा रहेको छ ।

स्कटल्याण्ड लिग–२ को अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । स्कटल्याण्डले ३२ खेलमा २२ जित र ८ हार र २ अनिर्णित खेलसहित ४६ अंक जोडेको छ । यता
लिग–२ का सबै खेल सम्पन्न गरेको ओमानले ३६ खेलमा २१ जित, १३ हार, १ बराबर र १ अनिर्णित खेल्दा समान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस्तै नामिबियाले ३० खेलमा १८ जित, ११ हार तथा १ अनिर्णित खेल्दा ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

लिग–२मा अमेरिका ३६ खेलमा १६ जित, १७ हार र समान २ बराबरी र १ अनिर्णित खेल्दा ३५ अंकसहित चौथो स्थानमा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) २६ खेलमा १२ जित ११ हार तथा १ बरारी र २ अनिर्णित खेलमा २७ अंकसहित पाँचौँ स्थानमा छन् । २८ खेल खेल्दा २ मात्र जित हात पारेको पपुवा न्यूगिनी भने अन्तिम स्थानमा छ ।

प्रतियोगिताको शीर्ष तीन टोली आगामी वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा प्रवेश गर्नेछन् ।