काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका एक सदस्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको छ ।


ADVERTISEMENT

# # #


पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे फरक-फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको देखिन्छ ।

वामपन्थी गठबन्धन फुट्ने र फुटाउने प्रयासबारे पनि चर्चा जारी छ । तर एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले भने, विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहने-टुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासी-जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो । उहाँलाई हामीले सहयोग गर्नुपर्छ ।

संघीय समाजवादी फोरम नेपालको सहयोग पनि अनिवार्य हुनेछ । त्यस्तो चर्चाका माझ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीबीच शनिवार भेटवार्ता भएको थियो ।