काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दसहितका पाँच पदाधिकारीहरुको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे र धर्मराज गिरीले अध्यक्षन चन्दसहित सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले क्यान कार्यसम्पादन समितिमा समेत रहेका अध्यक्षसहितका पाँच जनाले नेपाल–२० लिगको आयोजनाको अधिकार विवादास्पद भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई दिएको, सेभेन थ्री स्पोर्टस् नै फिक्सिङ (मिलेमतो)मा लागेको र यसको जिम्मेवार क्यान नेतृत्वनै रहेको भन्दै राजीनामा माग गरेका हुन् ।

यस्तै देलाडीलाई समयमै पारिश्रमिक दिलाउन क्यान असमर्थ भएको, फिक्सिङका कारण विश्वमा नेपाली क्रिकेटको बद्नाम गराउन जिम्मोवार रहेको आरोप लगाएका छन् । क्यान पदाधिकारीहरु पदमा बस्न लायम नरहेको उनीहरुको दाबी छ ।

यता क्यानका अध्यक्ष चन्दले पनि यसअघि पत्रकार सम्मेलन गर्दै सेभेन थ्री स्पोर्टससँगको सम्झौतामा गल्ती भएको स्वीकार गरेका थिए ।