काठमाडौँ – प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी व्राण्डका गुणस्तरहीन नक्कली मदिराहरु उत्पादन गरि कालो बजारी गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा दोलखा कालिन्चोक ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन २ का गणेश बहादुर रानामगर रहेका छन् । निरज उप्रेतीले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको मदिरा पसलमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारी अनुसन्धान गर्दा ललितपुर महालक्ष्मी नगरपालीका ५ का विभिन्न स्थानमा नक्कली मदिरा उत्पादन गर्ने स्थान फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए ।

प्रहरीले नक्कली गोल्डेन , खुकुरी रम, रुस्लान भोड्का लगाएत ब्राण्डका नक्कली मदिरा बरामद गरेको हो ।