काठमाडौँ– आज देशभर विभिन्न कार्यक्रमको आयोजना शहीद दिवस मनाइएको छ । विभिन्न समारोहको आयोजना गर्दै देश तथा नेपाली नागरिकका निम्ति आफ्नो जीवन बलिदान गर्ने शहीदहरुलाई स्मरण गर्दै शहीद दिवस मनाइएको छ ।


ADVERTISEMENT


यसै अवसरमा काठमाडौँको लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर तथा अजर हुने बताए । यस्तै, उनीहरुको त्याग तथा बलिदानले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने उनको राय छ । शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरुको शालिकमा माल्यार्पण समेत गरे ।

कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह तथा उपप्रमुख सुनिता डंगोलल समेत उपस्थित जनाएका थिए ।