प्रोस्टेट भन्नाले लिंग, प्रोस्टेट, सेमिनल वेसीकल्स एवम् अण्डकोषलगायतको पुरुषको प्रजजन प्रणालीको एक भाग भन्ने बुझिन्छ । मुत्राशयको ठीक तल र मलाशयको अगाडि रहने यस भाग मुत्रमार्ग वरपर रहन्छ । र, विभिन्न कारणवश् यसै अंगमा देखापर्ने संक्रमणलाई एवम् समस्यालाई नै चिकित्सा क्षेत्रअन्तर्गत प्रोस्टेट भनिन्छ ।


ADVERTISEMENT


बढ्दो उमेरमा व्यक्तिको प्रोस्टेट ग्रन्थीको आकारमा पनि स्वतःवृद्धि हुन थाल्दछ । र, यो स्वभाविक प्रक्रिया पनि हो। तर, कतिपयमा भने सोहि ग्रन्थी आवश्यकभन्दा बढि बढ्न गई त्यसले व्यक्तिमा अनावश्यक पीडा उत्पन्न गराउँछ । र, त्यस्ता व्यक्तिको हकमा भने व्यक्तिले उक्त समस्या राकथामका लागि आवश्यक उपचार गराउनुपर्दछ ।


ADVERTISEMENT

# # #


लक्षणहरु

–मुत्रको धार सानो हुनु
–छिनछिनमा पिसाब लाग्नु
–पिसाब गरिसकेपछि पनि बाँकी रहेको अथवा पिसा ननिख्रेको जस्तो हुुनु
–रातको समयमा पिसाब धेरै लाग्नु पिसाब लाग्दा हतार हुनु
–पिसाब तथा वीर्यमा रगत देखिनु
–पिसाब गर्दा वा स्खलनन हुदाँ पिडा हुनु
–पिसाब चुहिनु
–र, ढाडको तल्लो भाग, हिप्स, मलद्धार तथा माथिल्लो तिघ्राको भाग कडा भई दुखाई हुनु ।

जोखिम बढाउने कारक तत्व

व्यक्तिमा प्रोस्टेटका समस्या किन देखापर्छ भन्ने कुराको हालसम्म निश्चित कुनै ठोस कारण पत्ता लाग्न सकेको छैन । यद्यपि यसको जोखिमलाई तलका निम्न पक्षहरुले थप बढावा दिइएको पाइन्छ :

–बढ्दो उमेर
–कालो वर्णका समूह
–आणुवंशिक
–र, मोटोपन ।

उपचार

कतिपय अवस्थामा प्रोस्टेटका समस्या यसका लक्षणहरु मार्फत नै अनुमान गर्न सकिन्छ । तर, यसको निश्चितता एवम् प्रोस्टेट ग्रन्थी कत्तिको बढेको छ ? र यसका लागि व्यक्तिमा के–कस्ता थप उपचार तथा शल्यक्रियाको आवश्यक पर्छ भन्ने बारे स्पष्ट हुनका लागि पनि एकपटक भिडियो एक्स–रे गराउनु उपयुक्त रहन्छ ।

यस्तै, प्रोस्टेट ग्रन्थी बढेका सबै व्यक्तिलाई शल्यक्रियाको आवश्यकता हुन्छ नै भन्ने हुदैँन । कुनै पनि बिरामीमा प्रोस्टेटको समस्या पहिचान भइसकेपछि बिरामीको अवस्था अनुरुप सबैभन्दा पहिले निश्चित समयका लागि आवश्यक औषधिको सल्लाह दिइन्छ । तसर्थ यसकमा लागि कुनै पनि समस्या देखापरे सम्बन्धित चिकित्सकसंग सल्लाह लिनुपर्दछ