काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ ।


ADVERTISEMENT


सहरमा नसर्ने तर दीर्घ रोगका विरामीहरुको संख्या बढ्दै गएको छ । यस्ता विरामीहरुले नियमित औषधि सेवन गर्नुपर्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ । यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्धन केन्द्रबाट गर्ने योजना हो । स्वास्थ्य प्रवर्धन केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले, स्वास्थ्य प्रवर्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताए ।


ADVERTISEMENT

# # #


‘कसलाई के समस्या छ ? उपचार कहिलेबाट थालनी भएको हो, कुन औषधि प्रयोग गरिरहनु भएको छ ? औषधिको समयावधि कति होरु प्रयोगशाला जाँच कहिले भएको थियो ? अब कहिले गर्नुपर्छ ? क्लिनिकमा कहिले जानुपर्छ ? औषधि लिन कहिले जानु पर्छ ? घरमा भएको औषधिले कहिलेसम्म पुग्छरु’ यस सम्बन्धी नोटिफिकेसन दिएर विरामीको उपचार र स्वस्थ्य जीवनयापनमा सहज बनाइनेछ । डा अग्रवाल भन्छन्, ‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ । यसलाई विस्तार र वृहत बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ ।’ अहिले महानगरबाट परिवर्तन सम्भव छ । यसमा नागरिकले आशा गरेका छन् । यो आशालाई मर्न दिनुहुँदैन । उनको भनाइ थियो ।

बैठकमा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले, प्रविधिसँग जोडेर आधारभूत तथ्याङ्क संकलनको योजना बताए । विभागको योजनालाई सूचना प्रविधि विभागले टेवा पु¥याउनेछ । बैठकमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले सहकार्यमा सहमत जनाए । स्वास्थ्यको कुनै एउटा क्षेत्रलाई मोडल बनाएर सेवा विस्तार गर्दै जाँदा दिगो उपयोगमा योगदान हुने उपनिर्देशक रामप्रसाद पौडेलको भनाइ थियो ।

आधारभूत स्वास्थ्य अवस्थाको सर्वेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले धारणा राखे । सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुन् । सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्छ । बैठकमा तथ्याङ्क अधिकृतहरु कृष्णराज तिवारी र पवनकुमार ठाकुरको भनाइ छ ।

सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताए । सूचना तथा तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको छ । उनको भनाइ थियो ।