काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।


ADVERTISEMENT


मंगलबार बिहान गृह मन्त्रालयको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास पुगेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका हुन्।


ADVERTISEMENT

# # #


रास्वपा स्रोतका अनुसार, सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी दिएका छन् ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकताका लागि पुनः प्रक्रिया नथालेको भन्दै सर्वोच्च अदालतले लामिछानेको गृहमन्त्री तथा सांसद पदसमेत बदर गरिदिएको थियो। सो निर्णयसंगै पदविहिन भएका उनले आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिइसके पश्चात् उनलाई सोही दिन पुनः रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको छ ।

रवि बाहिरिनेबित्तिकै अबको गृहमन्त्री को ? भन्ने विषयमा चौतर्फी प्रश्न उब्जिएको छ । यद्यपि लामिछाने गृहमन्त्री नरहे पनि गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गर्दै रास्वपाले पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ ।

तत्कालको लागि भने गृहमन्त्रालय प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन् ।