काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन जोगाउन आफूले प्रयास जारी राखेको बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बैठकसकिएपछि बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


नागरिकता विवादको मुद्दामा सांसद पद खारेज भएपछि उपप्रधान एवम् गृहमन्त्री पद गुमाएका राीष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पुनः गृहमन्त्री पाउने पर्ने भन्दै नेताहरुसँग लविङ गरिरहेका छन् । उनले आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्दै गृहमन्त्री आफूलाई नदिएर रास्वपाले सरकार छाड्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


रास्वपाले सरकार छाड्दा गठबन्धन भत्किने प्रबल सम्भावना छ । यसबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म यो गठबन्धन नटुटोस् भन्नका लागि प्रयास छ ।’ रविबारे सर्वोच्चको फैसलाको पूर्ण पाठ कुर्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो पनि कुर्नुपर्छ भन्ने साथीहरुको सुझाव छ मलाई ।’

यता गृहमन्त्री नछाड्ने प्रधानमन्त्रीलाई माओवादी नेताहरुले दबाब दिइरहेका छन् भने एमाले अध्यक्ष केपी शर्माओली भने रविलाई गृहमन्त्री दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।