काठमाडौँ – नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नहुने स्पष्ट पारेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकपछि बोल्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले अदालतबाट पूर्णपाठ आउन बाँकी रहेकाले फैसला नआएसम्म निर्णय नहुने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनले बताए । उनले राष्ट्रपति निर्वाचनका बिषयमा एमालेसहितको राष्ट्रिय सहमति खोजिने उल्लेख गरे । पदाधिकारी बैठकमा स्थायी कमिटी बैठकको सम्पूर्ण तयारी गरिएको प्रवक्ता महराले बताए ।

स्थायी कमिटी बैठक बुधबार बस्ने र महत्वपूर्ण निर्णय गर्दै बुधबार नै सम्पन्न गर्ने माओवादी तयारी छ । माओवादीले कम्तीमा तीन महिनाको कार्ययोजना बनाएर त्यही अनुसार जिम्मेवारी बाँडफाट गर्ने तयारी गरेको प्रवक्ता महराले जानकारी दिए ।