काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंको मैतीदेवी क्षेत्रमा सडक दुर्घटनाका कारण तीनवटा पोलसहित ट्रान्सफर्मर ढलेका कारण सो क्षेत्रमा विद्युत अवरुद्ध भएको जनाएको छ । मंगलबार बिहान तीब्र गतिमा दौडिरहेको बसले तीनवटा पोल ढालेपछि विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको हो ।


ADVERTISEMENT


प्राधिकरणले सो क्षेत्रमा विद्युत अवरुद्ध हुन गई सेवाबाट बञ्चि ग्राहकहरुसँग क्षमा याचना समेत मागेको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणद्वारा अपरान्ह जारी विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान तीब्र गतिमा हुइँकिएर आइरहेको बसले मैतीदेवी चोक र धोवीखोला पुलको बीचमा मूल सडकको छेउैमा रहेको विद्यूत पोलमा जडित ट्रान्सफर्मर ९२५(केभिए) तीनवटा पोलसहित लडाएकोले त्यस क्षेत्रको विद्युत अवरोध भैरहेको छ ।

पोल गाड्ने लगायत ट्रान्सफर्मर जडान कार्यका लागी मर्मत्सम्भार संबन्धी रेपिड एक्सन टिम परिचालित गरिसकिएको हुँदा दिनभरमा बिद्युत आपूर्ती सुचारु गरिसक्न हामी प्रायत्नसिल छौँ ।’