काठमाडौं-पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उदघोषको पार्टी भित्रैबाट बिरोध सुरु भएको छ । पार्टी बाहिरबाट मात्रै नभएर पार्टी भित्रकै नेताहरुले पनि प्रचण्डको उद्घोष गलत भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका छन् ।


ADVERTISEMENT


वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको तालमा त्यस्तो उद्घोष गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले ठोरी गाउँपालिका पर्साको भएका कारण त्यसको एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने भन्दै जर्बजस्ती गाभ्न खोजे ‘कत्लेआम’ (जनसंहार, सार्वजनिक हत्या) गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जानु छ गए हुन्छ तर एक इन्च जमिन पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन,’ उनले भने ‘ठोरीलाई प्रदेश नं २ मै राख्नुपर्छ, पर्सावासीको भावनाको विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।’

दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने उदघोष गरेका थिए । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।