काठमाडौँ– रोहितकुमार पौडेलको आक्रमक पारीसँगै भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि शनिबार विराटनगर बारियर्ससँग खेल्नेछ ।


ADVERTISEMENT


बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।


ADVERTISEMENT

# # #


१३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । र, क्रिजमा थिए, रोहित । दिनेश भण्डारीको पहिलो बलमा छक्का हानेका उनले दोस्रो बललाई पनि छक्का हान्दै टाइ गरे ।

अन्तिम बलमा एक रन जोड्दै तीन बल अघि नै उनले जित दिलाए । १७ बलको सामना गरेका उनी २८ रनमा अविजित रहे ।

भैरहवाको सुरुवात औसत रह्यो । ८८ रन जोड्दा ६ विकेट गुमाइसकेको भैरहवाको पारी रोहित पुनित मिश्रले २७ रनको साझेदारी गरे । मिश्र व्यक्तिगत १६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ११५ रन थियो । रोहितले कृष्ण कार्कीसँग मिलेर टिमलाई जित दिलाए ।

भैरहवाका कप्तान भरद भेषावकर मात्र ९ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवात राम्रो गरेको थियो । शंकर राना र कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । कोल्सावाला ४२ रनमा आउट भएपछि ठूलो साझेदारी हुन सकेन र २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।

उसका लागि सन्नी पटेलले २४, दिनेश भण्डारीले २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडेका थिए ।