काठमाडौं– पुरातात्विक सम्पदा पुनर्निर्माणको सीमा मिचेर काठमाडौं महानगरपालिकाले गरिरहेको रानीपोखरीको पुनर्निर्माण रोकिएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा पानी अड्याउनका लागि भन्दै पोखरीमा सिमेन्टेड (कंक्रिट) वाल उठाएकोप्रति स्थानीय बासिन्दा र पुरातत्वविद् र सम्पदाप्रेमीहरुले विरोध जनाउँदै आएका थिए ।


ADVERTISEMENT

# # #


“यसै कारण हामीले यसको पुनर्निर्माणबारे बैठक राखेका हौं,” काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताइन् ।

बिहीबार काठमाडौं महानगरपालिकामा मेयरको अध्यक्षतामा महानगरकी उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारी र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले १५ दिनभित्र रानीपोखरी पुनर्निर्माणको टुङ्गो लगाउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

“रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्न १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिन एक विशेषज्ञ समिति गठन गर्ने भएको छ,” बिहीबारको बैठकको निर्णयमा भनिएको छ ।