काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारी स्टार फिल्म ‘बटरफ्लाई’को शिर्ष गीत रिलिज भएको छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले शिर्ष गीत रिलिज गरेका हुन् ।


ADVERTISEMENT


फिल्मको सार्वजनिक यस गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ ।


ADVERTISEMENT

# # #


गीतमा लिड कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङमा छन् । आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लिड अभिनयमा रहेको ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् ।

फिल्ममा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । सुरेश बज्राचार्यले खिचेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । फिल्ममा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ‘सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी छन् ।

फिल्म यहि पौष २८ बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।