काठमाडौँ– मस्तिष्क शिरोघात (स्ट्रोक) बाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।


ADVERTISEMENT


पाटन अस्पतालको सघन उपचार कक्ष भर्ना गरिएका ब्राजाकीलाई ‘भेन्टिलेटर’बाट बाहिर निकालिएको छ । दुई पटक मस्तिष्क शिरोघातको शल्यक्रिया गराइसकेका ब्राजाकीलाई अझै एक साता चिकित्सकको निगरानीमा राखिने उहाँका छोरा अमितसिंह भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ब्राजाकीको उपचारका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले रु ३५ हजार उपलब्ध गराएको थियो । उनको उपचारका लागि साहित्यकारले राज्यस्तरबाट थप सहयोग हुनुपर्ने आग्रह गरेका छन् ।