म्याग्दी– बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो ।


ADVERTISEMENT

# # #


मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघि नै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो भन्दै सडक डिभिजन कार्यालय वाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखण्डमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाइएको बताए ।

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमत्ताको मापदण्ड लागू गराउन दबाब दिँदै आएका थिए ।

अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन् ।