काठमाडौं-प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नराम्रो पराजय भोगेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


कांग्रेसभित्र चुनावी हारको समीक्षा गर्न नेताहरूले केन्द्रीय समिति र महासमितिको बैठक तथा विशेष महाधिवेशनसमेत बोलाउन आवाज उठाइरहेका बेला देउवाले त्यसलाई बेवास्ता गरी कार्यसम्पादन समितिको मात्र बैठक बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेशसभा तथा प्रतिनिधिसभाको समानुपातिक सांसद चयन, राष्ट्रिय सभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुने जानकारी देउवानिकट स्रोतले दियो । कार्यसम्पादन समितिका एक नेताले भने बैठकमा चुनावी हारको समीक्षा हुने बताए ।