काठमाडौँ – कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ?

सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।


ADVERTISEMENT

#


दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम जारी छ । कसैको भाग्यमा मोटरसाइकल परेको छ त कसैले स्कुटर हात पारेका छन् । सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै खुसीको यो यात्रा देशका विभिन्न सहरमा फैलिएको छ ।

अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।


ADVERTISEMENT

#
#


यसैबीच, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले अभियानको उत्साहलाई अझ बढाएका छन् । जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन् ।

यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ ।

अर्थात्, अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ वटा सवारीसाधनले आफ्ना भाग्यशाली विजेता पाउन बाँकी छ ।

हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह भन्ने सन्देशसहित म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्ताका लागि पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सवलाई निरन्तरता दिइरहेको छ ।

बनेपादेखि बुटवल, धादिङदेखि धनगढी, सुर्खेतदेखि जनकपुर हुँदै धरान, बिर्तामोड र वीरगञ्जसम्मका विजेताले अभियानको पहुँच देशका विभिन्न स्थानमा फैलिएको देखाएका छन् । आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा उपभोक्तामाझ उत्साह अझ बढ्ने कम्पनीको विश्वास छ । अब प्रोटोन कार कसको भाग्यमा पर्ला ? यही प्रश्नले म्याक्स टाइगरको दशैं धमाकालाई थप रोमाञ्चक बनाएको छ ।