काठमाडौं-प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन् ।


ADVERTISEMENT


जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानिरीक्षक) एक डीएसपी (नायव उपरीक्षक) दुई इन्स्पेक्टर (निरीक्षक), ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेका छन् ।


ADVERTISEMENT

# # #


आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ । गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए । यीमध्ये केहीले पेन्सन पाइसकेक, केहीले अमेरिकाको डीभीचिठ्ठा परेर त केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका छन् ।

केहीले भने घरायसी कारण देखाएका छन्। यसमध्ये डीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक (आईजीपी) हुन नपाएर राजीनामा दिएका थिए।

यस्तै कम्प्युरटर निर्देशनालयकी शीला कंसाकारले घरायसी कारण देखाउँदै जागिर छाडेकी हुन् । आजको अन्नपूर्ण पोस्टबाट