काठमाडौं-राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग चाँडै एकता हुने बताएको छन् ।


ADVERTISEMENT


राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने बताए । यादवले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको परिणाममार्फत राजपा र फोरम मिलेर जान जनादेश प्राप्त भएकाले सोही अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


एकीकरण गर्ने क्रममा आवश्यक परेको खण्डमा संगठन पूनर्संरचना गर्न समेत राजपा तयार रहेको उनको भनाई रहेको थियो ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने न्यूनतम शर्तहरु पूरा गरेको खण्डमा मात्रै दुई दलबीच एकीकरण हुनसक्ने बताउदै आएका छन् ।