काठमाडौं-संशोधित पर्वतारोहण नियमावली अनुसार नेपालका हिमालमा एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को विधायन समितिले पारित गरेको नयाँ नियम अनुसार एकल पर्वतारोहणलाई प्रतिबन्ध लगाइनेछ । साथै अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने, उच्च हिमाल आरोहणका क्रममा सहयोगी लिएर मात्र जानुपर्ने लगायतका व्यवस्था सो नियमावलीमा उल्लेख गरिएका छन् । पर्वतारोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउन यस निर्णयले थप सहयोग पुर्‍याउने उनले बताए ।

छिट्टै राजपत्रमा प्रकाशित हुने भनिएको सो नियम अनुसार सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोहीका अतिरिक्त सहयोगी र पथप्रदर्शकलाई पनि आरोहण प्रमाणपत्र दिइनेछ । नियमावली अनुसार सगरमाथा र अन्य हिमालको आधार शिविरमाथि हेलिकोप्टरको प्रयोग गरी हिमाल चढ्ने वा हिमालबाट तल ओर्लन समेत पर्वतारोहीलाई प्रतिबन्ध लगाइने छ ।

संशोधित पर्वतारोहण नियमावली अनुसार नेपालका हिमालमा एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्को विधायन समितिले पारित गरेको नयाँ नियम अनुसार अब कसैलाई एक्लै आरोहण गर्ने अनुमति दिइने छैन ।

अफगानिस्तानमा सैन्य सेवाका क्रममा दुवै खुट्टा गुमाएका मगरले सरकारको सो निर्णय भेदभावपुर्ण र अन्यायपुर्ण भएको बताएका छन् । विशेषगरि विभिन्न कीर्तिमान कायम राख्न विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नेको लहर बढेसँगै सुरक्षाका विषयमा पहल नहुँदा कैयौं दुर्घटना हुने गरेका छन् ।

सन् १९२० देखि १९८० सम्मको तथ्याङअनुसार सगरमाथा चढ्ने २ सय जनाले असुरक्षाका कारण ज्यान गुमाएका थिए । सन् २०१५ को तथ्याङ्क अनुसार सगरमाथा आरोहणमा जानेको मृत्युको दोस्रो कारण हिमपहिरो रहेको बताइएको छ ।

हिमाल आरोहणको क्रममा हुने दुर्घटना, जोखिम एवं मृत्युदर घटाउन पनि पछिल्लो व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरु बताउँछन् ।