काठमाडाैँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले आज बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’काे संयुक्त उद्घाटन गरेकाे छ ।


ADVERTISEMENT


‘भारत–नेपाल कला संगम’ कलाकारहरुले तयार पारेकाे कला प्रदर्शनीको संगम रहेकाे हाे । प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए । उनले कलाकारहरुले तयार पारेकाे कला तथा युवाहरुकाे कलाकारीतालाई प्राेत्साहन व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धि कलाकारीताहरु तयार पारेका छन् । त्यस्तै ३८ वटा कलाकृति राखिएका छन् । सो कला प्रदर्शनी तारागाँउ संग्रहालयमा २०७९ चैत्र १४ देखि १९ गतेसम्म चल्नेछ । सिजी उन्नति सांस्कृतिक भिलेज  र AWON को सहयोगमा सो प्रदर्शनीको आयोजना भएको आयाेजकले बताएकाे छ ।

फाेटाेसहित :