काठमाडौं – कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको घोषणा गरिएको छ ।
सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एक जना बम्पर गरि १६ जना विजेताको घोषणा गरिएको हो । जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् ।
उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । त्यस्तै अन्य १५ जनाले रु एक-एक लाख पुरस्कार जितेका छन् ।
























