काठमाडौँ– वर्षकै सार्वाधिक प्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘यतीयती पानी’ बोलको उक्त गीतमा नायक अनमोल केसीको दमदार नृत्य देख्न सकिन्छ ।


ADVERTISEMENT


द सुपर काजोल फिल्मस् र सुवास इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेको फिल्मको पहिलो गीत आज न्यू इएर इभको अवसरमा सार्वजनिक गरिएको हो । गीतमा डान्सबारमा अनमोलले साथीहरुसंग रमाइलो गरेको देख्न सकिन्छ । उक्त गीतमा करिब तीन सयजनालाई एकैपटक नाच्न लगाइएको निर्माण यूनिटले जनाएको छ ।


ADVERTISEMENT

# # #


गीतमा अलमोडा राना उप्रतीले स्वर भरेका छन् भने गीतको शब्द तथा म्युजिक राजेन्द्र रानाभाटको रहेको छ ।

माघ २६ गते प्रदर्शनमा आउने यो फिल्ममा अनमोलले ‘डेब्यु’ नायिका अदिती बुढाथोकीसंग रोमान्स गरेका छन् । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसियाको अभिनय छ ।

सुवास गिरी र भुवन केसी निर्माता रहेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । फिल्मका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् । अघिल्ला ४ फिल्ममा रोमान्टिक लुक्समा देखिएका अनमोललाई यो फिल्ममा रोमान्टिकसँगै एक्सन अवतारमा दर्शकले हेर्न पाउनेछन् ।