काठमाडौं-बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।


ADVERTISEMENT


अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो ।


ADVERTISEMENT

# # #


१४० मेगावाट थपिने
यस आर्थिक वर्षमा कुल १५० मेगावाट बिजुली थपिने प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ । निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको छ ।-आजको कान्तिपुरबाट