काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै भनेका छन् कि न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा रहनेछ ।


ADVERTISEMENT


टीभीमा नयाँ वर्षको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले भने, ‘यो धम्की होइन, वास्तविकता हो ।’


ADVERTISEMENT

# # #


छिमेकी देश दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।’

मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । तर, त्यसको कुनै परवाह नगरी उत्तर कोरियाले परमाणु परीक्षण गरिरहेको छ ।

नोभेम्बर २०१७ मा हृवासोङ- १५ मिसाइलकमो परीस्क्षण गरेको थियो, जुन ४४७५ किलोमिटरसम्म गयो । यो अन्तराष्ट्रिय अन्तरीण स्टेसनभन्दा दश गुणा बढी उचाई हो ।