काठमाडौं-जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालक सहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए ।


ADVERTISEMENT

# # #


भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ । छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो । प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन । प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल समातेर आवश्यक जाचबुझ तथा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । डिएसपी पोखरेलले अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूबारेको तथ्य सार्वजनिक गर्ने बताए ।