काठमाडौं-काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति १२:१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा निजामती अस्पताल, मीनभवनमा निधन भएको हो ।


ADVERTISEMENT

# # #