काठमाडौं – नेपाल भ्रमणमा रहेएका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले स्विट्जरल्याण्डले नेपाललाई विकास साझेदारको रूपमा विभिन्न आपत्विपत्‌ र विकास निर्माणका कार्यमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिइएको थियो । त्यस्तै आगामी दिनहरूमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिएको अध्यक्ष दाहालले जानकारी दिए । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७०औँ वर्षगाँठ चलिरहेको सन्दर्भमा एक अर्कालाई शुभकामना आदानप्रदान गरिएको उनले बताए ।


ADVERTISEMENT

#


त्यसैगरि स्विट्जरल्याण्डमा रहेका ठूला तथा विश्वस्तरीय औषधि उत्पादन गर्ने कम्पनीहरू नेपालमा पनि सरकारी स्तरबाट उद्योग स्थापना गर्न सम्भव भएमा नेपाली जनतालाई धेरै सहुलियत हुने धारणा आफुले राखेको अध्यक्ष दाहालले बताए ।

स्वट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पाजले नेपालको आवश्यकता अनुसार सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुई देशका संसद्बीच अभ्यास र अनुभव आदानप्रदान गर्न तथा सम्बन्धलाई अझ सुदृढ गर्न संसदीय मैत्री समूह गठन गरी सहकार्य गर्ने कुरा भएको अध्यक्ष दाहालले जानकारी दिए । अध्यक्ष पाजले छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नै काठमाडौँ आएका हुन् ।


ADVERTISEMENT

#
#