काठमाडौं-इन्धन ढुवानीमा हुने चुहावट नियन्त्रण गर्न नेपाल आयल निगमले अर्को साताबाट ट्याङकरमा सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच मंगलबार भएको छलफलपछि पहिलो चरणमा भारतको सिलगुढीबाट झापा रुटमा कार्यान्वयन गर्ने सहमति भएको हो ।


ADVERTISEMENT


करिब दुई बर्षअघि नै यो प्रविधि प्रयोग गर्ने सहमति भएको थियो । पेट्रोलियम पदार्थ ढुवानी गर्ने केही ट्याङकरमा लकिङ सिस्टम जडान गरिसकेकाले अर्को साताबाट प्रयोगमा ल्याउने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।


ADVERTISEMENT

# # #


लकिङ सिस्टम जडान गरेका ट्याङकरको चेकजाँज गरेर ताल्चा लगाएर सुरु गर्ने निगमले जनाएको छ । पछि सबै ट्यांकरमा यो प्रविधि जडान गरिने बताइएको छ ।

भारतबाट तेल ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्ने गुनासो सुनिँदै आएको छ ।-आजको नागरिक दैनिकबाट