काठमाडौं – जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक सुरु भएको छ ।
केहीबेर अघि सिंहदरबारमा सुरु भएको बैठकले प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले जनाएको छ । यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो ।
सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।
स्रोतका अनुसार जवाफ प्राप्त नभएको अवस्थामै आज सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।


























