भक्तपुर–  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबले विहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे ।

काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा. खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण काँग्रेसले पराजय व्यहोर्नुपरेको केन्द्रीय सदस्य खड्काको भनाइ रहेको छ ।

राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उनको दाबी रहेको छ ।