काठमाडौं-सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ ।


ADVERTISEMENT


उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसनु मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीले मापदण्डअनुसार एनएस गुणस्तर प्रमाणपत्र लिन अटेरी गरेकाले कारवाही गर्न लागिएको जानकारी दिए ।

उनले भने,‘मापदण्डको दायरामा आउन हामीले धेरै समय दियौं तर ग्यास उद्योगीले अटेर गरी गुणस्तर प्रमाणपत्र लिन मानेनन्, उपभोक्ताको ज्यान जोखिममा राखेर ग्यासको कारोबार गर्न पाइँदैन ।-आजको अन्नपुर्ण पोष्टबाट