काठमाडौं-अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो ।


ADVERTISEMENT


अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ( सैन्य सहयोग तबसम्म रोकिने छ जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन । बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा पनि अमेरिकाले रोक लगाएको छ ।


ADVERTISEMENT

# # #


यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर पनि चरमपन्थीलाई पालिरहेको छ ।’

पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता हैदर नावर्टले भने, ‘आज म यस कुराको पुष्टि गर्दछु कि हामीले पाकिस्तानलाई दिने गरिएको सैन्य मद्दत रोक्दैछौं । जबसम्म पाकिस्तान सरकारले हक्कानी नेटवर्क र अफगान तालिवानसमेत अन्य चरमपन्थी समूहविरुद्ध निर्णायक कदम उठाउँदैन ।’

उनले थप भने, ‘हामी मान्दछौं कि यी समूहले अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन् । अमेरिका पाकिस्तानलाई सैन्य मद्दत निलम्वित गर्दछ ।’