बुटवल– रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।


ADVERTISEMENT


अज्ञात समूहले स्थानीय बलु भनिने काठ व्यावसायी बसन्त पौडेलमाथि गोली हानेको थियो । वदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए ।
पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।