एजेन्सी न्युयोर्क-उडानमा रहेको विमानभित्रै यौन दुव्र्यवहार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । उडानका क्रममा आफूनजिकैको सिटमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा अमेरिकी अधिकारीहरूले भारतीय नागरिक प्रभु रामामुर्थीलाई पक्राउ गरेका हुन् ।


ADVERTISEMENT


अमेरिकी अधिकारीहरूका अनुसार ३४ वर्षीय प्रभु आफ्नी पत्नी र पीडित महिलाका बीचमा बसेर रातको समयमा यात्रा गरिरहेका थिए ।


ADVERTISEMENT

# # #


लासभेगासबाट मिसिगन राज्यको डेटट्रोइटतर्फ उडिरहेको स्पिरिट एयरलायन्सको विमानभित्र महिलामाथि दुव्र्यवहार भएको थियो । ब्युँझिँदा आफ्नो सर्टको टाँक र पाइन्टको जिप खोलिएको र प्रभुको हात आफ्नो पाइन्टमा राखिएको पीडितले गुनासो गरेकी छिन् । प्रभुले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।

औषधि खाएपछि आफू मस्त निद्रामा रहेकाले केही थाहा नपाएको उनले दाबी गरेका छन् ।

आरोपित प्रभु अस्थायी भिसामा केही समयदेखि अमेरिकामा बस्दै आएका थिए । पीडित विमानभित्र झ्यालतर्फको सिटमा रहेको जनाइएको छ ।

यौन दुव्र्यवहारको आरोपमा प्रभुलाई बिहीबार मिसिगनको संघीय अदालतमा पेस गरिएको थियो । उनी भाग्न सक्ने आशंकामा उनलाई जमानत नदिइएको अभियोजनकर्ताले बताएका छन् । आरोपीमाथि उत्तेजित यौन दुव्र्यवहार गरेको अभियोग लागेको अभियोजनकर्ताको भनाइ उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ ।

विमान अवतरण हुनु केही मिनेटअघि मात्र आफूमाथि यौन दुव्र्यवहार गरिएको गुनासो गरेकी थिइन् । पीडित महिला निद्रामा आफ्ना पतिको घुँडामाथि सुतेको प्रभुकी पत्नीले बताएकी छिन् ।

विमानभित्र महिलाको सुरक्षा नभएको बताउँदै आगामी दिनमा विमानले पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपर्ने पीडित महिलाले बताएकी छिन् । निद्राबाट ब्युँझिँदा आफ्नो लुगा आधा खोलिएको पाएपछि महिलाले विमानभित्रै चिच्याएको अन्य यात्रुहरूले बताएका छन् ।