काठमाडौं-वाम गठबन्धले चुनावमा अत्याधिक ठाउँमा जित हासिँल गरेसँगै एमाले र माओवादीबीच पार्टी एकता होला नहोला? यी दुई पार्टीलाई अन्य कुनै पक्षले जुट्न नदिने पो हो कि? काँग्रेसले बाम गठबन्धन फुटाउने भयो रे जस्ता चर्चा दिन दिनै चल्छ । भरतपुरमा शुक्रबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं, मिल्ने जतिलाई मिल्नै दिउँ ।’


ADVERTISEMENT


मिल्नेहरु मिलेमा नै देशको भलो हुने दाहालले बताए । भरतपुर महानगरपालिकाको पहिलो नगरसभाको उद्घाटन गर्दै दाहालले भने ‘हामी राष्ट्रिय एकताको साथ राजनैतिक स्थायीत्व र सम्वृद्धिद्वारा नेपाललाई नयाँ युग तिर लान प्रतिवद्ध छौं । हामी सवै राजनीतिक शक्तिसँग सहकार्य गरेर अगाडी जान प्रतिवद्ध छौं ।


ADVERTISEMENT

# # #


बाम गठबन्धन निषेधात्मक राजनीति तिर हैन एकताको राजनीति तिर लाग्छ ।’

हिजो युद्धबाट आउँदा एकखालको इमेज बनेको, शान्ती सम्झौतापछि अर्कै इमेज बनेको र ६४ सालमा पहिलो पार्टी बनेपछि झनै फरक इमेज बनेको दाहालले बताए ।

उनले भने ‘सवभन्दा ठूलो पार्टी बनेपछि अल्लि अर्कै इमेज बन्यो । कता कता धर्ती छाड्या झै नै भयो। अब सवै हण्डर ठक्कर खाएपछि अब अहिले अल्लि अर्कै इमेज बनेको छ । जुन मेरो रियल इमेज हो ।’

सानै देखि झगडा गर्नेहरुबीच मिलाउँदै हिँड्ने र मिलाउन सक्ने आफ्नो रियल इमेज भएको उनले बताए। त्यसैले अहिले आफु मिलाउने तर्फ नै लागेको र यसमा पनि सफल हुने उनको दावि थियो ।