काठमाडौं-म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।


ADVERTISEMENT


युनाइटेडलाई विजयी गराउन खेलको ८४औं मिनेटमा जेसी लिंगार्ड र ९०औं मिनेटमा रोमेरु लुकाकुले १–१ गोलको योगदान दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा एभर्टनलाइ २–१ ले हराउँदै लिभरपुरले अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ । लिभरपुलका लागि खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत जेम्स मिल्नर र ८४ औं मिनेटमा भर्जिल भान डेकोले गोल गरे । यता पराजित टोली लिभरपुलका लागि खेलको ६७औं मिनेटमा सिगुर्डसनले गोल गरेका थिए ।